News

सहकर्मीकै नाबालिग छोरीमाथि गिद्देनजर लगाउने सैनिक अधिकृत फन्दामा

सहकर्मीकै नाबालिग छोरीमाथि गिद्देनजर लगाउने सैनिक अधिकृत फन्दामा

rapeसाउन १९ । देश र देशवासीको सुरक्षागर्ने पहिलो नम्बरको सुरक्षाफौज नेपाली सेनाका एकजना वरिष्ठ अधिकारी साथीकी छोरीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा केन्द्रिय सैनिक प्रहरीद्वारा समातिएका छन् । आइतबारदेखि उनलाई जंगी अड्डाको हिरासतमा राखिएको छ । केहि दिनअघि मात्र बढुवाको दशौं नम्बरमा परेर महासेनानीको फुलीथपेर निजलाई जुम्लास्थित २४ बाहिनीको सहायक तोकिएको थियो । आफ्नै ब्याच अर्थात् २८ औं बेसिकका सहकर्मी महेन्द्र महर्जनकी नाबालिग छोरीप्रति गिद्देनजर लगाएपछि उनी बढुवाको खुसियाली मनाउन नभ्याउँदै थुनिएका हुन् । प्रमुख सेनानीको दर्जामा रहेका हाल विदेश मिसनमा छन । उनका अनुपस्थितिमा श्रीमतीले कर्णल प्रेमकुमार थापाविरुद्ध उजुर हालेकी हुन् । थापा र महर्जन तीन चार महिना अगाडिसम्म इटहरीस्थित ब्यारेकमा सँगै तैनाथ थिए । जनआस्था साप्ताहिकबाट

विशेष