विचित्र विश्व विदेश

भारतमा एक जोडीले हावामा उडेर गरे विवाह

भारतमा एक जोडीले हावामा उडेर गरे विवाह

एजेन्सी– मानिसका शौख फरक–फरक हुन्छन् । कसैलाई चुनौतिपूर्ण कार्य गर्न मन हुन्छ त कसैलाई जसरी पनि विश्व रेकर्ड राख्नेगरी काम गर्ने शौख हुन्छ । विश्व रेकर्ड राख्नका लागि मानिस २५ हजार फिट माथिबाट बिना प्यारासुट हामफाल्न पनि पछि पर्दैनन् ।

यस्तै, हावामा रहेर केही मानिसलाई अन्य अनौठा काम पनि गर्ने रहर हुन्छ । यस्तै, अनौठो शौख नागपुरका जयदीप जाधवले पनि पूरा गरेका छन् । चुनौतिपूर्ण ट्रेकिङ्ग गर्न रूचाउने जयदीपले हावामा उडेर विवाह गर्दै आफ्नो चुनौतीपुर्ण काम गर्ने शौखलाई पूरा गरेका छन् । नागपुरका जयदीपले आफ्नो विवाह फरक तरिकाले गर्ने सोच बनाएका थिए । यसैक्रममा उनलाई हावामा विवाह गर्ने सोच मनमा आयो र उनले त्यसलाई पूरा गरेको भारतिय समाचार माध्यमहरुले जनाएका छन् ।

उनकी पत्नी रेश्मा पनि ट्रेकिङ्गमा रूची राख्छिन् । यी दुईले विभिन्न पहाडमा साथमा ट्रेकिङ्ग गरेका पनि छन् । जयदीप र रेश्माले विवाहका लागि शेवडी नामको एक स्थानमा विवाह गर्ने निर्णय गरे । यसपछि आफूले विवाह गर्न चाहेको तरिकाबारे घरपरिवारमा कुरा राख्दा परिवारलाई पहिले मानेका थिएनन् तर जयदीपले जिद्दी गरेपछि परिवारका सदस्य राजी भएका थिए । जयदीप र रेशमाले २ सय फिटको उचाईमा हावामा उडेर विवाह गरेका थिए । मन्त्रोच्चारणका लागि पण्डितलाई पनि हावामा उड्नुपरेको थियो । यो विवाहमा करिव १ सय जना जन्ती गएका थिए ।

India

विशेष