ताजा खबर News

सार्क गृहमन्त्रीस्तरीय बैठक इश्लामाबादमा सुरु

सार्क गृहमन्त्रीस्तरीय बैठक इश्लामाबादमा सुरु

Saarc साउन १९ । सार्क गृहमन्त्रीस्तरीय बैठक पाकिस्तानको राजधानी इश्लामाबादमा आज शुरु हुँदैछ । भोली सम्म चल्ने बैठकमा सार्क मुलुकहरुमा आतंकवादको चुनौती, भिसा सम्बन्धी समस्या, गैरकानुनी हतियारको ओसारपसार रोक्ने, सार्क राष्ट्रका सुरक्षा निकायहरुबीचमा समन्वय तथा इन्टिलिजेन्स सेयरिङको विषयमा छलफल हुने बताईएको छ ।

सरकार परिवर्तनका कारण नेपालले भने गृहमन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएको छैन । तर गृहसचिव लगायत मन्त्रालयका पदाधिकारीको टोलीले भने बैठकमा सहभागिता जनाउँदैछ ।

यस्तै पाकिस्तान र बंगलादेशको कुटनीतिक समस्याका कारण बंगलादेशका गृहमन्त्री पनि बैठकमा सहभागी भएका छैनन् । दुई मुलुकबीच पछिल्लो ७ महिनायता कुटनीतिक विवाद छ । यसैबीच भारतले सार्कका आठ मुलुकका ठूला व्यापारीहरुलाई ‘इन्डिया विजनेस कार्ड’ उपलव्ध गराउने भएको छ । सार्क मुलुकबीचमा व्यापार र वाणिज्यलाई प्रर्वद्धन गर्ने उद्देश्यले भारतले सो कार्ड वितरण गर्न लागेको हो ।

Home ministry of Saarc SAARC

विशेष