ताजा खबर राजनीति News

कांग्रेस माओवादी र मोर्चाबिच तीन बुँदे सहमति पत्रसहित

कांग्रेस माओवादी र मोर्चाबिच तीन बुँदे सहमति पत्रसहित

patra साउन १९ । प्रधानमन्त्रीमा पुष्पकमल दाहालको पक्षमा मतदान गर्नुअघि मधेशी मोर्चाले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग तीन बुँदे सहमति गरेको छ । आज, बसेको त्रिपक्षीय बैठकमा दाहालको नेतृत्वमा बन्ने सरकारले पछिल्लो मधेश आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको निशुल्क उपचार र पक्राउ परेका कार्यकर्ता रिहा गर्ने सहमति भएको छ ।

pa

त्यस्तै सीमाकंलनलगायतका विषयमा चाँडै सहमति गरी संविधान संशोधन गर्ने पनि सहमतिमा उल्लेख छ । तेस्रो बुँदामा मधेशी मोर्चाले प्रधानमन्त्रीका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने सहमति भएको छ ।

Morcha

विशेष