कलेज जाँदा बन्दुक लान पाउने
साउन १९ । संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा कुनै पनि सार्वजनिक विश्वविद्यालयमा विद्यार्थीले बन्दुक बोकेर जान पाउने भएका छन् । ‘क्याम्पस क्यारी ल’ नामक कानुन सोमबारदेखि लागू भएपछि यस्तो अनुमति मिलेको हो । उक्त कानुन सन् २०१५ मा पारित भएको थियो । यस कानुनले २१ वर्ष उमेर भएका विद्यार्थीले बन्दुक लिएर जान पाउने छन् । उनीहरूले सार्वजनिक विश्वविद्यालय एवं विश्वविद्यालयमा ह्यान्ड गन लिएर जान पाउने छन् । खेलकुद भइरहेका क्षेत्र र रासायनिक प्रयोगशाला भएका इलाकामा भने उनीहरूले अनुमति पाउने छैनन् ।
निजी विद्यालय र दुई वर्ष पढाइ हुने सामुदायिक कलेजमा भने दुई वर्षपछि मात्र विद्यार्थीले हतियार लिएर जान पाउने छन् । यो कानुन ‘क्लक टावर नरसंहार’को ५० औं वार्षिकीका दिन पारेर लागू गरिएको हो । अस्टिनस्थित टेक्सस विश्वविद्यालयमा सन् १९६६ अगस्त १ तारिखमा एक विद्यार्थीले ४९ जनामाथि गोली प्रहार गरेका थिए । तीमध्ये १६ जनको मृत्यु भएको थियो ।
त्यस यता यस्ता घटना निरन्तर रुपमा घट्दै आइरहेका छन् । इन्जिनियरिङका २५ वर्षीय छात्र चार्ल्स विटमनले विश्वविद्यालय हातामा रहेको क्लक टावरको २८ औं तलामा चढेर त्यहाँबाट विद्यार्थी र कर्मचारीमाथि गोली प्रहार गर्न सुरु गरेका थिए । अमेरिकाका ८ वटा राज्यमा विद्यार्थीहरू बन्दुक लिएर कलेज जान पाउँने छन् ।