ताजा खबर विदेश

भर्खरै जन्मेको शिशुले ‘ओके’को संकेत देखाएपछि

भर्खरै जन्मेको शिशुले ‘ओके’को संकेत देखाएपछि
baby after bath #11 साउन १९ । सबै अभिभावकले आफ्ना नवजात शिशुमा चमात्कारिक गुण देख्छन् । तर, बेलायतको एक अस्पतालमा मंगलबार जन्मिएकी एक शिशुले भने अनौठो गुण देखाएकी छिन् । जुन सायदै अनुमान गर्न सकिन्छ । जन्मने वित्तिकै नवजात शिशुले आफ्नो माझी औलाले बुढी औलासँग छोआएर ‘ओके’को संकेत देखाएकी छिन् । ‘हाम्री छोरी आज बिहान २ बजे जन्मिएकी छिन् । जन्मिने वित्तिकै उनले ओकेको संकेत गरेकी छिन्’ फेसबुकमा राखिएको तस्बिर क्याप्सनमा अभिभवाकले लेखेका छन् । सो तस्बिरलाई ४३ लाख भन्दा बढी मानिसहरुले हेरेका छन् । त्यस्तै हजारौंले कमेन्ट गरेका छन् । बच्चा जन्मिदै निकै खुसी भएको एक जनाले कमेन्ट गरेका छन् । ‘मलाई लाग्छ ती बच्चाको जस्तै तस्बिर मेरो भइदिएको भए म कति भाग्यमानी हुन्थे होला,’ अर्काले टिप्पणी गरेका छन् । उनले पाँच सेकन्डसम्म ओकेको संकेत गरेकी थिइन् । ‘बधाई छ । साहसको फाइदा लुट्नुहोस् उनी तयारी छिन्,’ म्याकमेन १५९४ लेख्छन् । ‘तपाईले भविष्यमा शान्तसँग सुत्न पाउने निन्द्राको संकेत गरेको हुनुपर्छ । उनले तपाईंको भाग्यको संकेत गर्छिन’ अर्का व्यक्ति लेख्छन् । बच्चा जन्मदै सिपले भरिएको भन्दै भोलीदेखि उनले पियानो बजाउन सक्ने कुरा उल्लेख गरेका छन् ।

baby le ok vanepaxi child

विशेष