
साउन १९ । चितवनको देवघाट धाममा शिवको ३० फिट अग्लो मुर्ति निर्माण हुने भएको छ । बुधबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उक्त मुर्तिको शिलान्यास गरेका छन् ।
उक्त मुर्ति निर्माणका लागि ४० लाख लागत लाग्ने बताइएको छ । दुईवर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ । चितवन प्रशासक बिनोदप्रकाश सिंह, जिप्रका प्रमुख बसन्त ब.कुँवर सहितको उपस्थितिमा शिल्यान्यास कार्य सम्पन्न भएको थियो ।
Chitwan
devghat dham
dharma