News

प्रचण्डले सबैले सुन्ने गरि जवाफ दिएः फाष्ट ट्रयाक हामीले बनाउँछौं

प्रचण्डले सबैले सुन्ने गरि जवाफ दिएः फाष्ट ट्रयाक हामीले बनाउँछौं
prachanda-nepalaaja साउन १९ । प्रधानमन्त्री केपी ओलीले राजिनामा दिंदै गर्दा साउन ९ गते संसदमा सबैले सुन्ने गरी जवाफ दिनुपर्ने भन्दै प्रचण्डसँग केही महत्वपूर्ण प्रश्न गरेका थिए । उनले मुख्यगरी फाष्ट ट्रयाक र रेलमार्गको कुरा उठाएका थिए । ओलीले गरेका प्रश्नको जवाफ दिन प्रचण्ड लिखित नोटसहित उपस्थित भएका थिए । उनले सबैले सुन्ने गरी भने, ‘हामी आफैंले बनाउँछौं फाष्ट ट्रयाक । अघिल्लो सरकारले चीनसँग गरेका सम्झौता हामी कार्यान्वयन गर्नेछौं ।’ नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफु सामान्य जनताको छोरा भएको तर घटनाक्रमले जीवनमा निकै उतारचढाव आएको भावपूर्ण अभिव्यक्ति दिएका थिए । उनले आफ्नो कारणले देशलाई कति क्षति भयो कति योगदान भयो भन्ने समीक्षा इतिहासले गर्ने दाबी गरे । आफुलाई अस्थिर भनिएको प्रति सचेत रहेको जनाउँदै उनले आफुलाई गतिशिल नेताका रुपमा बुझिदिन आग्रह गरेका थिए । उनले देशको हित सिवाय आफ्नो कुनै स्वार्थ नरहेको बताएका थिए ।

maobadi moast Prachanda Pushpa Kamal Dahal

विशेष