राजनीति News

'जंगल'का प्रचण्ड संसदबाट प्रधानमन्त्री हुन लागेको भन्दै हसाए देउवाले

'जंगल'का प्रचण्ड संसदबाट प्रधानमन्त्री हुन लागेको भन्दै हसाए देउवाले
shera-b-seuwa-nepalaaja-1 साउन - १९ । काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न मन्तव्य दिंदै गर्दा सांसदलाई हसाएका छन् । शुरुमै उनले आफुले खुब बोल्ने भनेर तयारी गरेर आएको भएपनि प्रचण्ड बोलेपछि नबोलौं जस्तो लागेको बताएका थिए । उनले बोल्ने कुरा सबै सकिएको भन्दै लामो भाषण गरेका प्रचण्डलाई चुस्स व्यङ्ग्य गरेका थिए । उनले विकासका बारेमा साउन ९ गते केपी ओलीले र साउन १९ गते प्रचण्डले बोलिसकेकाले आफुले बोल्न आवश्यक नरहेको बताए । अविश्वासको प्रस्तावमा बानी पार्न उनले ओलीलाई सुझाव दिएका थिए । देउवाले भने, ‘मैले धेरै पटक अविश्वासको प्रस्ताव खेपेको छु । यो प्रजातन्त्रको सुन्दर पक्ष हो । प्रचण्डजी जङ्गलमा हुनुहुन्थ्यो, अहिले संसदले उहाँलाई प्रधानमन्त्री बनाउँदैछ । संसद सबै अट्ने ठाऊ हो ।’ उनले भारत र चीनसँग राम्रो सम्बन्ध नेपालका लागि अति आवश्यक रहेको जनाए । उनले सबैले आफ्नो ठान्ने संविधानमात्र टिकाउ हुंने स्पष्ट गरे । मधेशी मोर्चालाई समेत विश्वासमा लिएर नयाँ निर्वाचन र संविधान कार्यान्वयन गरिने उनको भनाइ थियो । मन्तव्य सक्दै गर्दा उनले पुष्पकमल दाहाल भन्नु पर्नेमा कमल दाहाल भनेर हसाएका थिए । सच्चाउंदै उनले पुष्पकमल दाहाल प्रचण्ड भन्दा सबै हाँसेका थिए । मन्तव्य सकेर आसनतिर जाँदापनि उनि हास्दै गएका थिए । प्रचण्ड र माधब नेपालसँग हस्यौली कुरा गरेको हाउभाउबाट प्रष्ट देखिन्थ्यो ।

puspa kamal dahal Samsad samsad abrudha Sher bahadur Dewaba

विशेष