ताजा खबर राजनीति News

प्रचण्ड प्रधानमन्त्री निर्वाचित

प्रचण्ड प्रधानमन्त्री निर्वाचित
congrates-prachanda-nepalaaja साउन – १९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएका छन् । कुल ५७३ मत मध्ये प्रधानमन्त्रीका एकमात्र उम्मेदवार प्रचण्ड ३६३ मतसहित नेपालको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनलाई माओवादी, काँग्रेस, मधेशी मोर्चा आबद्ध दललगायतले मत दिएका थिए । उनको विपक्षमा २१० मत परेको छ । एमाले, राप्रपा नेपाललगायतका दलले प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिने तर प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका हुन् । दोहो-याएर प्रधानमन्त्री हुंने उनी एकमात्र कम्युनिष्ट नेता हुन् । यसअघि उनी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका प्रचण्डले सेनापति प्रकरणमा राजीनामा दिएका थिए । ८ बर्षपछि प्रधानमन्त्री बनेका प्रचण्डको कार्यकाल मोटामोटी ९ महिनाको हुनेछ । स्थानीय निकायको निर्वाचन सम्पन्न गरी प्रचण्डले देउवालाई सरकार हस्तान्तरण गर्ने माओवादी र काँग्रेसका बीचमा सहमति भइसकेको छ । काँग्रेसको सहयोगमा माओवादीले पहिलो पटक सरकार बनाउन पाएको हो । गणतन्त्र स्थापनापछि काँग्रेस र माओवादीको सहकार्य टुटेको थियो । प्रचण्डले भद्र सहमतिको उल्लंघन गर्दै काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन इन्कार गरेपछि सम्बन्ध बिग्रिएको थियो ।

Prachanda Pradhanmantri Puspakamal Dahal Samsad

विशेष