संसदभवनबाट ओलीलाई युवाहरुले स्कर्टिसहित बालकोट लैजाने
साउन - १९ । संसद भवनमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट जाने भएका छन् ।
उनले बालुवाटारस्थित सरकारी निवासमा पीपलको बिरुवा रोपेर बिदाइ भइसकेका छन् । उनलाई संसद भवन बाहिरबाट युवाहरुको स्कटिङसहित बालकोट पु-याउने तयार एमाले भातृ संगठनहरुको छ । त्यसका लागि एमालेका नेता कार्यकर्ता संसद भवन बाहिर भेला भइरहेका छन् ।
Balkot
KP Sharma Oli