ताजा खबर राजनीति News

शुभकामना दिन दीपप्रज्वलन भइरहँदा प्रचण्डविरुद्ध देशद्रोहीको नारा

शुभकामना दिन दीपप्रज्वलन भइरहँदा प्रचण्डविरुद्ध देशद्रोहीको नारा

prachanda-mala साउन २० । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो । खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले गरेका थिए । करिब ५० जनाको काराहारीका केन्द्रका कार्यकर्ताले मैनबत्ती बालेर विजय उत्सव मनाइरहेका बेला एकजना अर्धनग्न युवा प्रचण्ड देशद्रोही हुन् भन्दै नारा लगाउन थालेका थिए ।

माओवादीको वाहीवाही र जिन्दाबाद नारा लागिरहेको बेला शरीरमा प्रचण्ड देशद्रोही हुन, विकासविरोधी हुन् भन्ने नारा लेखेर ती युवा चिच्याउन थालेपछि उनी माओवादी केन्द्रका कार्यकर्ताको निशानामा परे ।

कार्यक्रममा सहभागीले ती युवालाई माओवादीे कुटपिट गरेपछि प्रहरीले उनलाई सुरक्षित स्थानमा लग्यो । उनले आफू कुनै पार्टीको पनि कार्यकर्ता नभएको बताए । उनले प्रचण्डले भारतीय इसारामा केपी ओली नेतृत्वले भारतीय इसारमा केपी ओली नेतृत्वको सरकार ढलाएर विकासविरोधी काम गरेको आरोप लगाए । अन्नपूर्ण पोष्ट

Prachanda

विशेष