ताजा खबर राजनीति News

जुन शानले ओली बालुवाटार पसेका थिए, त्यही शान र शैलीले बालकोट फर्किए

जुन शानले ओली बालुवाटार पसेका थिए, त्यही शान र शैलीले बालकोट फर्किए

KP oli

साउन २० । प्रधानमन्त्री केपी शर्मा ओली झण्डै साढे ९ महिना बसेको सरकारी निवास बालुवाटार बुधबार विहान छाडेका छन् । उनले प्रधानमन्त्री निवास परिसरमा पीपलको विरुवा रोपेर बाहिरिएका हुन् । २०७२ असोज २४ गते प्रधानमन्त्री भएका ओली त्यसको ५ दिनपछि भक्तपुरको बालकोटबाट बालुवाटार सरेका थिए । उनी बालुवाटारबाट नयाँ बानेश्वरस्थित संसद भवन गएका छन् । त्यही नयाँ प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर भक्तपुरको बालकोटस्थित आफ्नो निवास जाने छन् ।

कुनै साइत नहेरी बालुवाटार सरेका ओली साइतै नहेरी निजी निवास सरेको उनको निजी सचिवालयले जनाएको छ । उनका प्रेसविज्ञ चेतन अधिकारीका अनुसार निवासबाट निस्कनु अघि उनले निवासका सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । आफुले त्यहाँ बस्दा हाँसिल गरेको अनुभव बाहिर बसेर पनि प्रयोग गर्ने र त्यसका लागि निरन्तर सहयोगको अपेक्षा राखेको बताएका थिए ।

KP Oli KP Sharam Oli

विशेष