सिरियामा विद्रोहीले ग्यास आक्रमण गरेको रुसको दाबी
एजेन्सी– सिरियामा बिषाक्त क्लोरिन ग्यास आक्रमण त्यहाँंको बिद्रोही संगठनले गरेको रुसले जनाएको छ ।
रुसी सैनिकले अलेप्पोमा भएको बिषाक्त ग्याँस आक्रमणबारे अमेरिकालाई जानकारी गराइसकेको जनाएका छन् । सिरियाको सरकारी संचार माध्यमले सरकारी कार्यालय रहेको बिभिन्न स्थानमा बिषाक्त ग्याँस डब्बाका डब्बा खन्याइएको जनाएका छन । आक्रमणमा ७ जनाको मृत्यु भएको र २० भन्दा बढीको गम्भीर अवस्थामा उपचार भैरहेको जनाइएको छ ।