महिला फुटबलमा २० सेकेन्डमै गोल
साउन २० । रियो ओलम्पिक २०१६ अन्तर्गत महिला फुटबलमा आयोजक ब्राजिल, क्यानडा, जर्मनी र स्वीडेनले विजयी सुरुवात गरेका छन् । बुधबार राति भएको उद्घाटन खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई १–० ले हराएर विजयी सुरुवात गरेको हो ।
अर्को खेलमा आयोजक ब्राजिलले चीनलाई ३–० ले हरायो । यस्तै क्यानडाले अस्ट्रेलियालाई २–० ले हरायो । क्यानडाकी जेनिन बेकेइले खेल सुरु भएको २० सेकेण्डमै गोल गरिन् । यो ओलम्पिक महिला फुटबलमा अहिलेसम्मकै सबै भन्दा छिटो भएको गोल हो ।
अर्को खेलमा जर्मनीले जिम्बाबेलाई ६–१ ले हरायो । रियो ओलम्पिकको औपचारिक भोली हुने भएपनि फुटबलका खेल भने बुधबारदेखिनै सुरु भएका हुन् । पुरुष फुटबलका खेल आजबाट सुरु हुनेछ ।
Rio Olampics