खेल ताजा खबर News

लिसेस्टर सिटीलाई बार्सिलोनाले हरायो

लिसेस्टर सिटीलाई बार्सिलोनाले हरायो

Barca एजेन्सी – इन्टरनेशनल च्याम्पियन कपमा बार्सिलोनासँग लिसेस्टर सिटी पराजित भएको छ । लुइस स्वरेजको उत्कृष्ठ प्रदर्शनको मदतमा बार्सिलोनाले प्रिमियर लिग च्याम्पियन लिसेस्टरलाई ४–२ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाले २६ औं मिनेटमा मुनिरको गोलबाट अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि नै लुइस स्वरेजले अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिममा मुनिरले दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो । दोस्रो हाफमा भने लिसेस्टरका मुसाले ४७ र ६६ औं मिनेटमा लगातार दुई गोल गरे । ८४ औं मिनेटमा रफायल मुजिकाले गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए ।

Barca Barcilona

विशेष