अर्थ ताजा खबर पर्यटन प्रवास News

राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्सले काठमाडौं दुबई सिधा उडान भर्ने

राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्सले काठमाडौं दुबई सिधा उडान भर्ने

Nepal Airlince साउन २० । नेपाल एरलाइन्सले दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको छ । उक्त उडानबाट एयरलाइन्सले वार्षिक रु एक अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने लक्ष्य लिएको हो ।

विसं २०४१ माघदेखि काठमाडौँ–दुबई उडान प्रारम्भ गरेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानको कमीका कारण सन् २०१२ अगस्टबाट सेवा बन्द भएको थियो । काठमाडौँ–दुबई उडानबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले सम्भावना बोकेको दुबई गन्तव्यको नियमित उडानका लागि सबै तयारी पूरा भएको बताए ।

उनले अन्तर्रा्ष्ट्रिय उडानको प्रतिस्पर्धी बजारमा नेपाल एयरलाइन्सलाई खरोरुपमा उतार्न सम्पूर्ण क्षमताकासाथ लागिपरेको उल्लेख गरे । निगमले अबको १२ देखि १८ महिनाभित्र दुई वटा वाईड बडी विमान किन्ने तयारी गरेको छ । दुबईमा धेरै नेपाली श्रमिक कार्यरत रहेका र युरोप तथा अमेरिका जाने मुख्यद्वार पनि भएकाले उडान प्राथमिकतामा परेको निगमले बताएको छ । काठमाडौँबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

Nepal Airlince Nepal-dubai

विशेष