सिधै जाँदैनन् प्रचण्ड सिंहदरबार, यस्तो छ रुट
साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विहीबार दिउँसो ३ बजे शीतलनिवासमा राष्ट्रपतिबाट सपथ ग्रहण गर्नेछन् । सपथ ग्रहणपछि सिंहदबारमा पुगेर कार्यभार ग्रहण गर्नुपूर्व उनी लैनचौर, चम्पादेवी र पेरिसडाँडा जाने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिबाट सपथ खाइसकेपछि प्रधानमन्त्रीले लैनचौर स्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्नेछन् । त्यसपछि उनले चम्पादेवीमा पुगेर कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको प्रतिमामा माल्यार्पण गर्नेछन् ।
चम्पादेवीबाट प्रचण्ड सीधै माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पुगेर त्यहाँ रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नेछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले सिंहदरबार पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
pm puspakamla dahal
Prachanda