विदेश News

अमेरीकाद्धारा पाकिस्तानलाई दिने ३० करोड डलर सहयोग रोक्का

अमेरीकाद्धारा पाकिस्तानलाई दिने ३० करोड डलर सहयोग रोक्का

साउन २० । अमेरिकी रक्षा मन्त्रालयले हक्कानी नेटवर्क विरुद्ध कुनै कारबाही नगरेको आरोपमा पाकिस्तानलाई दिने ३० करोड अमेरिकी डलरको सहयोगमा रोक लगाएको छ । पेन्टागनका प्रवक्ताका अनुसार रक्षा मन्त्री ऐशले कार्टरले उक्त प्रमाणपत्र जारी गर्न रोक लगाएका छन् । जसले पाकिस्तानलाई मिल्ने ३० करोड डलरमाथि रोक लागेको छ ।

‘कोलिशन सपोर्ट फण्ड’ बाट सन् २००२ बाट अमेरिका आतंकबाद विरुद्धको कारबाहीमा पाकिस्तानमाथि आर्थिक सहयोग गर्दै आएको थियो ।

सन् २०१५ मा यस बजेट १ अर्ब डलर तय भएको थियो । तर अमेरिकी कांग्रेसले यसलाई जारी गर्न एक शर्त राखेको थियो । जसअनुसार ३० करोड डलर त्यसबेला जारी गरिने छ जब रक्षा मन्त्री हक्कनी नेटवर्क विरुद्धको पाकिस्तानी कारबाहीबाट सन्तुष्ट हुनेछन् । अमेरिकाले पाकिस्तानको उत्तरी बजरिस्तान क्षेत्रमा पाकिस्तानी कारबाहीको बाबजुद तालिवानी तथा अन्य समूह सक्रिय रहेका छन् । बाराक ओबामा सरकारले हक्कानी नेटवर्कको कारण आर्थिक सहायता रोकेको यो पहिलो पटक हो ।

America Pakistan

विशेष