ताजा खबर News

काँग्रेसले गृह र परराष्ट्रसहित १५ मन्त्रालय माग्यो

काँग्रेसले गृह र परराष्ट्रसहित १५ मन्त्रालय माग्यो

prchanda deuba साउन २० । प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नयाँ सरकारमा गृह र परराष्ट्रसहित १५ मन्त्रालय माग गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको भोलिपल्ट कांग्रेसले मन्त्रालयको संख्या बढाएर माग गरेको छ ।

यसअघि सातबुँदे सहमति गरेका काँग्रेस र माओवादीबीच १३ र ९ मन्त्रालय लिने समझदारी भएको थियो । मन्त्रालय बाँडफाँडबारे सहमति खोज्न सत्तारुढ दुई घटक माओवादी केन्द्रका अध्यक्ष एवं नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान नयाँ बानेश्वरमा वार्ता हुँदैछ ।

यो वार्तापछि मात्र प्रधानमन्त्रीको सपथपछि गठन गरिने मन्त्रिपरिषद्मा मन्त्री बन्नेहरुको नाम टुंगो लाग्नेछ । कांग्रेस र माओवादीबाट केही मन्त्री नियुक्त गरेर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । प्रचण्डको सपथ ग्रहण बिहिबार दिउँसो ३ बजे तोकिएको छ ।

Congress moast pushpa kamal dahal prachanda sherbahadur deuba

विशेष