News

फ्रान्सेली मिडफिल्डर मेनेजकाे दाहिने कान गुम्याे

फ्रान्सेली मिडफिल्डर मेनेजकाे दाहिने कान गुम्याे
jeremy merez साउन २० । आत्मघाती गोल र हाँस्यास्पद रेड कार्ड आमरुपमा खराव डेब्यूको रुपमा परिभाषित गरिन्छ । तर जेरेमी मेनेजको हकमा भने यो लागु हुँदैन र फ्रान्सेली क्लव बोर्डेअक्सका लागि उनको डेब्यू अविस्मरणीय रह्यो । इटलीयन क्लव एसी मिलानबाट दुई दिनअघिमात्र लिग जान क्लवमा आवद्ध भएका २९ बर्षीय फ्रान्सेली मिडफिल्डर मेनेजले लोरियन्टबिरुद्धको मैत्रिपूर्ण खेलमा विपक्षी खेलाडीसँगको ट्याकलमा दाहिने कान गुमाउन पुगे । लोरियन्टका मिडफिल्डर डिडियर नडोङले मेनेजको टाउकोमा टेक्न पुगेका थिए । दुर्घटनापूर्वक उनको कान च्यातिएको छ । क्लवको आधिकारिक वक्तव्यमा भनिएको छ कि पेरिस सेन्ट जर्मीनका पूर्वस्ट्राइकर मेनेजको शल्याक्रिया गर्नुपर्नेछ । लोरियन्टका मिडफिल्डर नडोङले पनि आफ्नो कारणले मेनेज चोटग्रस्त भएकोमा क्षमा याचना गरेका छन् । उनले भनेका छन् ‘म बोर्डेअक्स र जेरेमी मेनेजसँग क्षमा याचना गर्छु । आगामी दिनहरुमा मैले मेरो पूर्ण समर्थन उनलाई रहनेछ र अपेक्षा गर्छु कि उनी चाँडै निको भएर लिग वानमा देख्न पाइयोस् ।’ बुधबारको मैत्रिपूर्ण खेलमा उनले अन्तिम १५ मिनेट मैदानमा बिताएका थिए । त्यस खेलमा बोर्डेअक्सले लाउरेन्टमाथि ३ - १ ले जित हात पारेको थियो ।

football jeremy menez khel

विशेष