News

नयाँ शक्तिद्वारा नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई

नयाँ शक्तिद्वारा नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई
baburam bhatgtarai साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले बधाई दिएको छ । व्यवस्थापिका–संसद्बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बिहिबार नयाँ शक्तिले एक विज्ञप्ति निकालेर बधाई दिएको हो । ‘अस्थिरताको मुख्य कारक बनेको असफल संसदीय व्यवस्थाको सट्टामा स्थायित्व र विकासका लागि पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो ठम्याइ छ ।’ विज्ञप्तिमा उल्लेख छ । सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी विज्ञप्तिमा भूकम्पपछिको पुनः निर्माणका काम गर्न, बढ्दो महङ्गी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, मधेस आन्दोलनलाई सम्बोधन गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नसमेत सफलता मिलोस् भन्ने कामना गरिएको छ । रासस

baburam bhattarai badhai Puspakamal Dahal

विशेष