
साउन २० । नेकपा माओवादीले प्रचण्ड सरकारमा पहिलो चरणमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लगाएको छ ।
बिहिबार २ बजे सकिएको माओवादी कार्यालयको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री हुने भएका छन् ।
यस्तै गौरीशंकर थारु र दलजित श्रीपाइली मन्त्री हुने भएका छन् । गौरीशंकर कृषि र दलजित युवा तथा खेलुकद मन्त्री हुने छन् ।
बाँकी अन्य मन्त्रालयमा पछि टुंगाे लगाउने भएकाे छ ।
प्रचण्ड सरकारमा माओवादीले ८ मन्त्रालय पाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
Maobadi Kendra