News

सपथ ग्रहण कार्यक्रम अाैपचारिक रुपमा शुरु

सपथ ग्रहण कार्यक्रम अाैपचारिक रुपमा शुरु

 साउन - २० । राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा उपस्थित भएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आशन ग्रहण गरिसकेका छन् । सितल निवासमा सपथ ग्रहणको कार्यक्रम औपचारिक रुपमा सुरु हुन लागेको छ । आज प्रधानमन्त्री प्रचण्डले सपथ लिने साथै सानो आकारको मन्त्री मण्डल निर्माण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा वरिष्ट नेता तथा उच्च उहदाका व्यक्तिहरु राष्ट्रपति निवास सितल निवासमा उपस्थित भइसकेका छन् । Kamal Tahpa copy

नेताहरुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधिस सुशिला कार्की, सभामुख ओनसरी घर्ती, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नयाँ शक्ति नेपालका सयोजक डा बाबुराम भट्टराई, एमाले वरिष्ट नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका नेता नारायण काजि श्रेष्ठ लगाएत अहिले आआफ्नो आशनमा बसिसकेका छन् ।   प्रस्तुति/तस्विर कञ्चन न्याैपाने/ गगन थापा

Bhaktapur Prachada Puspa Kaml dahal

विशेष