News

भरतपुरमा उद्योगी व्यवसायीहरुले ल्याए अत्याधुनिक सिटी बस

भरतपुरमा उद्योगी व्यवसायीहरुले ल्याए अत्याधुनिक सिटी बस
city-busसाउन २० । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन सकिरहेको छैन । यस्तो बेला यहाँका उद्योगी व्यवसायीहरुले अत्याधुनिक सिटी बस सञ्चालन गर्ने भएका छन् । उपमहानगरपालिकाको सहरी क्षेत्रमा ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट सञ्चालन गर्न लागिएको हो । कम्पनीको अध्यक्ष बद्री अधिकारीका अनुसार पहिलो चरणमा यही भदौ १० गतेबाट २५ वटा बस सञ्चालनमा ल्याइने छ । स्थानीय २१ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस झिकाएका हुन् । एउटै ब्रान्डका ती बस उपमहानगरपालिकाको सहरी क्षेत्रमा रुट बनाएर नियमित सञ्चालनमा ल्याइने छ । सकेसम्म बसका चालकसहित सम्पूर्ण कर्मचारी महिला राख्न पहल भइरहेको अधिकारीको भनाइ छ । ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्लेको सुविधा रहेको छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने अधिकारीले बताए । विद्यार्थी, व्यवसायी र नियमित यात्रा गर्नुपर्नेका लागि कार्डको व्यवस्थासमेत गरिन लागेको छ । दोस्रो चरणमा २० वटा बस थप गर्ने, पेट्रोलपम्प र ग्यारेज सञ्चालन गर्ने लक्ष्य रहेको अधिकारीले बताएका छन् ।

bharatpur chitwan city bus

विशेष