
साउन २० । कनकाई माईमा बिहिबार एक व्यक्ति मृत फेला परेका छन् ।
शिवसताक्षी नगरपालिका–३ टोपलाल बस्ती नजिकै मङ्गोलियन समुदायको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पानीमा तैरिरहेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ ।
शव आज नै मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिएको प्रहरीले जनाएको छ । रासस
Death
mirtu