राजनीति News

दौरा सुरवाल लगाउनै लागेका प्रचण्ड किन हच्किए ? लाजिम्पाटको त्यो बहश

दौरा सुरवाल लगाउनै लागेका प्रचण्ड किन हच्किए ? लाजिम्पाटको त्यो बहश
New 9 copy साउन – २० । प्रधानमन्त्रीको सपथमा के पोशाक लगाउने ? लाजिम्पाट निवासमा छलफल चल्यो । धेरैले सुझाव दिएः दौरासुरवाल लगाए राम्रो । दृष्टान्तपनि अनेकथरी आए । उपराष्ट्रपति नन्दबहादुर पुनले दौरा सुरवाल लगांउदा साझा व्यक्तित्वजस्तो देखिएको । गृहमन्त्री हुँदा शक्ति बस्नेतले पनि कार्यकालको बीचमा दौरा सुरवाल लगाउन थालेका थिए । कसैले खिल्ली उडाएन । नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझीलाई दौरा सुरवाल लगाउंदा कति सुहाएको । यस्तै यस्तै उदाहरण दिएर प्रचण्डलाई मनाउन खोजिएको थियो । प्रचण्ड पोशाकका बारेमा दुई मनमा थिए । अन्ततः उनलेसपथ ग्रहणमै दौरा सुरवालमै सपथ नगर्ने निष्कर्ष निकाले । ‘बेकारको हल्ला र आलोचना हुन्छ । पहिलो पटक गरिएन । अहिलेपनि नगरौं ।’ यही आशयमा प्रचण्डले तर्क गरे । प्रधानमन्त्री प्रचण्डले बरु अरुबेला लगाउँला भन्दै बहशलाई टारेको लाजिम्पाट स्रोतले बताएको छ । प्रचण्ड र प्रचण्डका परिवारका सदस्यले नयाँ कोट प्यान्ट लगाएर शितल निवास पुगेका थिए । यसपटक उनले टाइ लगाएनन् । प्रचण्डले दौरा सुरवाल लगाएकै राम्रो हुने अनुभव आफुले गरेको भन्ने सन्देश उपराष्ट्रपति पुनले लाजिम्पाट पु-याएका थिए । प्रचण्डले हिन्दु सास्कृतिक कार्यक्रममा सहभागी हुंदा दौरा सुरवाल लगाउने सम्भावना रहेको बताइन्छ ।

Lajimpat Lalitipur Prachanda puspa kamal dahal

विशेष