गाहिटीको ढुङ्गेधारा पुनःनिर्माण सम्पन्न
साउन २० । ‘गोरखा भूकम्प’का कारण पूर्णरुपमा क्षतिग्रस्त भएको ठमेलस्थित गाहिटीको सार्वजनिक ढुङ्गेधाराको यथावत् अवस्थामा पुनःनिर्माण सम्पन्न भएको छ ।
कामपा र वडा नागरिक मञ्चको सक्रियतामा केही दिनअघि ऐतिहासिक धाराको निर्माण भएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । “ कार्कीले भने -'भूकम्पका कारण भत्केका ऐतिहासिक संरचना पुनःनिर्माणको कामअन्तर्गत यो नै पहिलो काम हो' ।
चार सय वर्ष पुरानो इतिहास बोकेको सो धारा पुनःनिर्माणका लागि रु ३७ लाख खर्च भएको छ । विसं २०७२ वैशाख २९ गतेको परकम्पका कारण नजिकै रहेको वज्र होटल क्षतिग्रस्त हुँदा आठ जनाको मृत्यु हुनाका साथै ढुङ्गेधारा पनि क्षतिग्रस्त भएको थियो । रासस
dhunge dhara