
साउन - २० । अघिपछि खाशै चर्चामा नआउने र कुनै भुमिकामा नदेखिने माओवादीका केही सासंद २०७१ साल माघ ५ गते खुबै सक्रिय देखिए । बर्दियाका सांसद मानबहादुर थारु, सप्तरीका सांसद उमेशकुमार यादव, रुकुमा सांसद दलजित श्रीपालीलगायतको भुमिका त्यो दिन खुबै देखियो । सायद उनीहरुले सही भुमिका यस अघि पाएका थिएनन् । सन्दर्भ थियोः माघ ५ गते संविधानसभामा भएको तोडफोडको ।
तोडफोडमा उत्रिएपछि माओवादीप्रति बौद्धिक तप्का आक्रोशित भयो, आलोचनाको बर्षा शुरु ग¥यो । उता माओवादीका ग्रामिण इलाकाका समर्थकको नजरमा भने उनीहरु हिरो भइसकेका थिए । विराटगर पुगेका सभासद् उमेश यादव र शिबकुमार मण्डलको जयजयकार गरियो ।
पार्टीमा पनि उनीहरुको उच्च मूल्यांकन भएको देखिन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सिंचाइ मन्त्री बनाइए उमेश यादव । सिक्टा सिचाइका महानिर्देशकले फोन नउठाएपछि उनले जगेडामा राखिदिए । त्यसपछि त उनीसँग कर्मचारी हायलकायल भएको बताइन्छ ।
अहिले दलजित श्रीपाली युवा तथा खेलकुद मन्त्री बनाइएका छन् । उनको भुमिका कस्तो हुन्छ ? हेर्न बाँकी छ ।
Daljit Shripali
maobadi
Samsad
Sapath Garahan
Todfod