News

प्रधानमन्त्री प्रचण्डले दिए चारबँदे निर्देशन

प्रधानमन्त्री प्रचण्डले दिए चारबँदे निर्देशन
New 6 copy साउन - २० । पदभार ग्रहण गरे लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारबुँदे निर्देशनमा हस्ताक्षर गरेका छन् । यसअघिका प्रधानमन्त्रीले एउटै निर्णयमा हस्ताक्षर गर्ने गर्दथे । पहिलो निर्णय गरिबका लागि सरकार कार्यक्रममा छ । यस अभियानमा आयआर्जन, शिक्षा, स्वाथ्य बिमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैक तथा बजार एकीकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिने प्रचण्डको निर्णयमा उल्लेख छ । दोस्रो निर्णय प्रचण्डले ३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता अबको ४५ दित्र हस्तान्तरण गर्ने निर्णय गरेका छन् । तेस्रो निर्णय चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी ३ महिनाभित्र चिकित्सक पठाइसक्ने रहेको छ । त्यस्तै सरकारी अस्पतालहरुले एकै छातामुनी सबै सुविधा दिने नीति यस आर्थिक वर्षबाट सञ्चालन गर्ने उल्लेख छ । चौथो निर्णय देशभरका दलित तथा कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्याद भित्र आउने परिवारलाई प्रत्साहन भत्ता स्वरुप १ हजार दिने प्रधानमन्त्री रहेको छ ।

Prachanda Pradhan Mantri Puspakaml Dahal

विशेष