भूकम्प पीडित परिवारलाई अनुदानको पहिलो किस्ता ४५ दिन भित्र वितरण गर्न मन्त्रिपरिषद्को निर्णय
साउन २१ । मन्त्रिपरिषद्को पहिलो बैठकले भूकम्प प्रभावित ३१ जिल्लाका ५ लाख ३३ हजार पीडित परिवारलाई अनुदानको पहिलो किस्ता आगामी ४५ दिन भित्र वितरण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले पुनर्निमार्णको कार्यलाई यथाशिघ्र कार्यान्वयन गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो ।
यस्तै, गरिब परिवारको जीवनस्तर उकास्न गरिबका लागि सरकार नामक बिशेष अभियान संचालन गरिने भएको छ । गरिब घर परिवारको पहिचान गरि आय आर्जन, शिक्षा, स्वास्थ्य बिमा, स्वरोजगार र खाद्यसुरक्षा लगायतका कार्यक्रमहरु कार्यान्वयनमा गर्ने निर्णय मन्त्रिपरिषदको पहिलो बैठकले गरेको हो ।
यस्तै, चिकित्सक नपुगेका प्राथामिक स्वास्थ्य केन्द्रमा आगामी ३ महिनाभित्र चिकित्सक पठाउने र जिल्ला स्तर भन्दा माथिल्ला सरकारी अस्पताले एकै छात्राभित्र सबै सुविधा दिने नीति अन्तर्गत औषधी उपलब्ध गराउन निर्देशन दिईएको छ । मुलुकभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्याद भित्र आउने परिवारलाई प्रोत्साहन स्वरुप १ हजार रुपैया दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।