आइएस प्रमुख मारिए

साउन २१ । विद्रोही समूह इस्लामिक स्टेट आइएसका एक प्रमुख नेता मारिएका इजिप्सियन सेनाले बताएको छ । सेनाका अनुसार सिनाई प्रान्तमा भएको हवाई आक्रमणमा त्यहाँका प्रमुख विद्रोही नेता अबु दुआ अल अन्सार मारिएका हुन् ।
उनी सन् २०११ देखि सिनाई इलाकामा सक्रिय थिए । तर विद्रोहीले उनी मारिएका बारे कुनै प्रतिक्रिया जनाएको छैन । हवाई आक्रमणमा अरु ४५ जना विद्रोही लडाकु पनि मारिएका इजिप्ट सेनाले दाबी गरेको छ ।
Is