पाठेघरमै छाडियो प्याड
साउन २१ । प्रसव पीडाले छट्पटिएपछि नरिता चौधरी टीकापुरस्थित अस्पताल भर्ना भइन् । सामान्य सुत्केरीपछि घर फर्किन् । त्यसपछि भने नराम्ररी थला परिन् । उपचारमा संलग्न स्वस्थ्यकर्मी टोलिले पाठेघरमा राखिएको प्याड ननिकाली पठाएपछि सिकिस्त भएकी थिइन् । उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज जानुपर्यो । ‘निकै दुःख पाँए नरिताले भनिन’ ।
यस्तो लापरबाही हुन्छ भनेर थाहा पाएकोभए सुरुमै कोहोलपुरस्थित जान्थे । स्वास्थ्य संस्था पुगेपछि सुरक्षित सुत्केरी भइन्छ भन्ने विश्वास लाग्नु स्वभाविक हो । पछिल्लो दिनमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउने बढेका छन् । तर, यहाँस्थित अस्पतालले लापरबाही गर्दा दुःख झेल्ने पनि धेरै छन् । कान्तिपूरबाट