विदेश

उत्तर कोरियाद्वारा जापानमाथि क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा जापानमाथि क्षेप्यास्त्र प्रहार
kim joung साउन २१ । उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तरले प्रहार गरेका दुई क्षेप्यास्त्रमध्ये एउटा एक हजार किलोमिटर दूरी पार गरी जापानको समुद्रमा खसेको छ । अर्को क्षेप्यास्त्र प्रहार भएको केही सेकेन्डमा नै खसेको थियो । प्योङयाङले मझौला दूरीको दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको र एउटा उड्ने क्रममा विस्फोट भएको अमेरिकी सैनिक विज्ञहरूले जानकारी दिए । उत्तर कोरियाको बारम्बारको क्षेप्यास्त्रलाई निस्तेज गर्न दक्षिण कोरिया र अमेरिकाले कोरियाली प्रायद्वीपमा एउटा शक्तिशाली संयन्त्रको स्थापना गर्ने भएका छन् । संयन्त्र आगामी एक वर्षभित्र स्थापना हुनेछ । संयन्त्रले उत्तरका कुनै पनि क्षेप्यास्त्र परीक्षण वा आक्रमणलाई विफल पार्ने विश्वास लिइएको छ । ‘यस्ता उत्तेजक कार्यले अन्तर्राष्ट्रिय समुदायलाई उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन बाध्य पार्नेछ,’ पेन्टागनका प्रवक्ता ग्यारी रोजले भने । क्षेप्यास्त्र प्रहारकोे विदेश मन्त्रालयले समेत विरोध गरेको छ । ‘उत्तरको उत्तेजनाले हाम्रा छिमेकीमा गहिरो असर गरेको छ । छिमेकीको रक्षाका लागि उत्तरविरुद्ध कारबाही गर्न हामी तयार छौँ,’ विदेश मन्त्रालयका प्रवक्ता अन्ना रिचे एलिनले भनिन् । सन् १९९८ पछि पहिलोपटक उत्तरको क्षेप्यास्त्र जापानको आर्थिक क्षेत्रमा खसेको हो । जापानी प्रधानमन्त्री सिन्जो अबेले क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन् । ‘उत्तरको क्षेप्यास्त्र आक्रमणले जापानको सुरक्षामा गम्भीर खतरा पुर्याएको छ।’ प्रधानमन्त्री सिन्जो आबेले भने, ‘जापान अब चुप लागेर बस्नेछैन ।’

Japan Kim Jong uttar koreia

विशेष