ओली सरकारले गरेका राजदूतको नियुक्ति रद्द

साउन २१ । सरकारले राजदूतका लागि सिफारिस भएका राजनीतिक व्यक्तिको नियुक्ति खारेज गरेको छ । यस अघि केपी ओली नेतृत्वको सरकारले बैशाखमा २१ राजदूत सिफारिस गरेको थियो । ती मध्ये परराष्ट्र सेवाका राजदूतको संसदीय सुनुवाई भैसकेको छ । त्यसबेला काँग्रेस विपक्षीमा थियो । अहिले काँग्रेसले नयाँ सरकारमा परराष्ट्र मन्त्रालय आफुले राखेको छ । यही आधारमा नयाँ सरकारले राजनीति व्यक्तिलाइ राजदूतका लागि गरिएको सिफारिस रद्ध गरेको हो ।
PM Nepal