मधेस आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १० लाख
साउन २१ । सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबारसम्पन्न मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा मारिएकाको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले राजनीतिक आधारमा राजदूतमा सिफारिस भएका १४ जनाको नामावली फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले जानकारी दिएका छन् ।
सरकारले परराष्ट्र सेवाबाट सिफारिसमा रहेकाहरुलाई भने राजदूतमा नियुक्ति गर्ने तयारी गरेको छ ।
यसअघि शुक्रबार बिहान सरकार र मधेसी मोर्चाका शिर्ष नेताहरुबीच प्रधानमन्त्री निर्वाचन हुनु अघि भएका सहमति कार्यान्वयनका बिषयमा छलफल भएको थियो ।