शेयर

नेप्से परिसुचक अाेराले लाग्दै, एक सातामा १०९ अंकलले गिरावट

नेप्से परिसुचक अाेराले लाग्दै, एक सातामा १०९ अंकलले गिरावट
lossसाउन - २१ । नेप्से परिसुचक १ सय ९ अंकले ओर्लिएको छ । गत साता १८ सय ७७ अंकमा रहेको नेप्से यो साता १७ सय ६८ अंकमा ओर्लिएको छ । साउन १२ गते नेप्से परिसूचक ऐतिहासिक विन्दु १८ सय ८१ अंकमा पुगेको थियो त्यस यता निरन्तर घटिरहेको छ । कतिपय नयाँ लगानीकर्ता आत्तियर सेयर बेच्नेतर्फ लागेकाले बिहिबार एकै दिन बजार ४५ अंकले झरेको छ । यस साता बैंकिङ समूहमा पनि १ सय ९, होटलमा २ सय ६, जलविद्युतमा १ सय ७, विकास बैंक समूहमा १ सय २०, उत्पादन समूहमा १ सय ३८, बिमामा ५ सय ८९ र अन्यमा २३ अंकले गिरावट आएको छ । बजार अंकमा गिरावट देखिए पनि कारोबार भने सन्तोषजनक देखिएको छ । आइतबार पौने २ अर्बको कारोबार भएकोमा सोमबार १ अर्ब ८४ करोड, मंगलबार १ अर्ब ४२ करोड, बुधबार १ अर्ब २७ करोड र बिहिबार १ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भयो ।

share bajar Share Bazar

विशेष