विदेश

३ हजार नागरिकलाई आईएसका लडाकुले बन्धक बनायो

३ हजार नागरिकलाई आईएसका लडाकुले बन्धक बनायो

isis साउन २१ । इराकका करिब ३ हजार नागरिकलाई इस्लामिक स्टेट आईएसका लडाकुले बन्धक बनाएको शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालयले दाबी गरेको छ ।

ती मध्ये १२ जनालाई आइएस लडाकुले हत्या गरेको उच्चायुक्तको कार्यालयलाई उद्यृत गर्दै अन्तर्रा्ष्ट्रिय संचारमाध्यमले जनाएका छन् । राष्ट्रसंघीय निकायले जारी गरेको प्रतिवेदनमा बन्धक बनाएका नागरिकलाई इराकी सेनासंगको भिडन्तमा मानव ढालका रुपमा प्रयोग गरेको उल्लेख गरेको छ । युद्धका कारण आफ्नो थातथलो छोडेर अन्यत्र जादै गरेका नागरिकलाई आईएसले बन्धक बनाएको हो ।

Is ISIS unhcr

विशेष