News

प्रचण्ड सरकारी निवास बालुवाटार सरे

प्रचण्ड सरकारी निवास बालुवाटार सरे
prachanda-mala साउन - २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन् । आफ्नै निजी निवास लाजिम्पाटमा बस्दै अाएका थिए ।  प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि आज अपराह्न ४ बजे सरकारी निवास बालुवाटार सरेका हुन्। प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका कर्मचारी एवम् सुरक्षाकर्मी लगायतले स्वागत गरेका छन् प्रधानमन्त्री दाहालले आफू सबैसँग मिलेर काम गर्ने र एउटै परिवारको सदस्यका रुपमा रहने बताए । यस्तै प्रधानमन्त्री दाहालले सरकारी निवासमा रहेको सामान नै प्रयोग गर्ने बताउँदै अत्यावश्यक बाहेक अरु कुनै पनि सामान नकिन्न प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।    

Baluwatar Prachanda

विशेष