ताजा खबर News

सरकारले प्रधानमन्त्री कार्यालयको वेभसाइट परिवर्तन गर्यो

सरकारले प्रधानमन्त्री कार्यालयको वेभसाइट परिवर्तन गर्यो
pm dahal 1 साउन २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै सरकारले प्रधानमन्त्री कार्यालयको वेभसाइट परिवर्तन गरेको छ । यसअघिको वेभसाइटमा लगातार जस्तै सुरक्षा समस्या आउने र त्यसको निर्माण परम्परागत शैलीमा भएकाले नयाँ वेभसाइट ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘पहिलेको वेभसाइट बढी ह्याक हुने भयो, नयाँ प्रविधिलाई समेटेर प्रधानमन्त्रीको वेभसाइटलाई नयाँ बनाइएको हो ।’ ती अधिकारले नयाँ वेभसाइट पहिलेको भन्दा प्रयोगकर्ताका लागि सजिलो भएको दावी गरेका छन् । वेभसाइटको पहिलो पृष्ठमै सबै सूचना हेर्न सकिन्छ । यसअघिको वेभसाइटमा सामाग्रीहरु पुरानो टेक्नोलोजीमा राखिएका थिए । नयाँ वेभसाइटमा विश्वको सर्बोच्च शिखर सगरमाथा, गौतबुद्धको जन्मस्थल लुम्बिनी, जनकपुर मन्दिरका तस्वीर पनि राखिएका छन् । ओलीको ट्वीट हटाइयो केपी शर्मा ओली प्रधानमन्त्रीबाट विदा भएलगत्तै प्रधानमन्त्री कार्यालयले ओलीले प्रधानमन्त्री हुँदा गरेका सबै ट्वीट हटाइएको छ । बिहीबारबाटै प्रधानमन्त्रीको नाममा रहेको ट्वीटर ह्याण्डल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयोग गर्न थालेका छन् । यसअघि केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका ट्वीट हटाएर प्रधानमन्त्री कार्यालयको सर्भरमा भण्डार गरिएको एक अधिकारीले जानकारी दिए । उनले भने, ‘केपी ओलीले मैले प्रधानमन्त्रीबाट राजीनामा दिएँ भनेर गरेको ट्वीटमा प्रधानमन्त्री प्रचण्डको फोटो आयो, त्यहिँ कारण उहाँका ट्वीट हटाइएको हो ।’

pm puspa kamal dahal

विशेष