ताजा खबर News

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे

साउन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री दाहालले सरकारी निवासमा रहेको सामान नै प्रयोग गर्ने बताउँदै अत्यावश्यक बाहेक अरु कुनै पनि सामान नकिन्न प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई निर्देशन दिए । आफ्नै निजी निवास लाजिम्पाटमा बस्दै आएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि शुक्रबार दिउँसो सरकारी निवास सरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका कर्मचारी एवं सुरक्षाकर्मी लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले आफू सबैसँग मिलेर काम गर्ने र एउटै परिवारको सदस्यका रुपमा रहने बताए । रासस

Baluwatar pm dahal

विशेष