तालिवानद्वारा पाकिस्तानी सरकारी हेलिकोप्टर नियन्त्रण

साउन - २१ । विद्रेही समूह तालिवानले पाकिस्तानी सरकारी हेलिकोप्टर नियन्त्रणमा लिएका छन् ।
आफूनियन्त्रित लाहोर प्रान्तमा आकस्मिक अवतरण भएपछि तालिवानले हेलिकोप्टर नियन्त्रणमा लिएका हुन् । पाकिस्तानबाट रुसका लागि उडेको हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि लाहोर प्रान्तमा अवतरण गरिएको थियो ।
हेलिकोप्टरमा चालकदलका ६ र एक रुसी नागरिक रहेको जनाइएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले उनीहरुको सकुशल उद्धारको लागि पहल भइरहेको बताएका छन् । त्यस्तै तालिवानी कमाण्डरले अपहरित व्यक्तिहरू सुरक्षित रहेको जानकारी दिएका छन् ।
Helicopter
Pakistan
Taliban
