विदेश News

ओबामाले आइएसको बारेमा भनेका ७ कुरा यस्ता छन् :

ओबामाले आइएसको बारेमा भनेका ७ कुरा यस्ता छन् :
FILE - In this file photo taken Friday, Sept. 27, 2013, President Barack Obama gestures while making a statement regarding the budget fight in Congress and foreign policy challenges, in the James Brady Press Briefing Room of the White House in Washington. As Iran's diplomatic profile rises with attempts to recalibrate its dealings with Washington, the Gulf rulers will have to make adjustments, too, and that's not such an easy thing for the monarchs and sheiks to swallow. (AP Photo/Charles Dharapak, File) साउन - २१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्लामिक स्टेट आइएसलाई खतम गर्न अहिले पनि आक्रमण भैरहेको बताए । रक्षा मन्त्रालय पेन्टागनमा एक सम्वाददातासँग ओबामाले आइएसलाई खतम गर्न अमेरिका लागि परेको बताएका हुन् । अमेरिकाले आइएसलाई खतम गर्न ६७ देशको साझा नेतृत्व लिएको पनि ओबामाले बताएका छन् । ओबामाले आइएसको बारेमा भनेका ७ कुरा यस्ता छन् १. अमेरिकाले अहिलेसम्म आइएस विरुद्ध १४ हजार भन्दा बढी हवाई आक्रमण गरिसकेको छ । जसमा इराकमा ९ हजार चारसय र सिरियामा चार हजार सात सय आक्रमण गरेको छ । इराक र सिरियामा आइएसका बरिष्ठ कमान्डर पनि माारिएका थिए । २. अमेरिकाले आफ्नो इतिहासमै आइएस विरुद्ध अभूतपूर्व तवरले हवाई आक्रमण गरेको छ । यो सफल पनि छ । ३. सिरिया तथा इराकमा पछिल्लो एकवर्ष यता अमेरिकाले ठूलो हवाई हमला गरेको छैन । ४. आइएसलाई खतम गर्न मित्र राष्ट्र इराक र सिरियालाई अमेरिकाले सहयोग गरिरहेको छ । र गर्छ । ५. अमेरिकालाई विविधताले बलियो बनाएको छ । चरमपन्थी संगठनको विरोधको आवाजले पनि अमेरिकालाई एकता बनाएको छ । यसले देशलाई फाइदा हुन्छ । ६. आइएसले बेला बेलामा विभिन्न आक्रमण र परेड खेलेर डर देखाउन खोज्छ । तर अमेरिका तथा नेटोले आइएसको यस गतिविधिलाई निस्तेज पार्दै आएका छन् । ७. अमेरिकाले सिरिया सरकारले समर्थन गर्दा रुसको विरोध गरेको थियो । अमेरिका हिंसा कम गर्न रुसको पनि साथ सहयोग खोज्छ । रुसको सहयोग भए आइएस जस्ता अन्य चरमपन्थी संगठनलाई खतम गर्न सहज हुन्छ । – एजेन्सीको सहयोगमा

Barak Obama

विशेष