विदेश

म्यानमारमा अज्ञात रोगका कारण ३० जना बालबालिकाको ज्यान गयो

म्यानमारमा अज्ञात रोगका कारण ३० जना बालबालिकाको ज्यान गयो
साउन २१ । म्यानमारमा पहिचान हुन नसकेको रोगका कारण ३० जना बालबालिकाको ज्यान गएको छ । ज्यान जानेमा ५ वर्ष मुनिका बालबालिका छन् । केही समय यता फैलिएको रोगका कारण बालबालिकाको स्वास्थ्य जोखिममा परेको छ । म्यानमारको याङ्गुनबाट एक हजार तीन सय किलोमिटर टाढा रहेको नागा क्षेत्रमा अज्ञात रोगको प्रकोप फैलिएको म्यानमारका अधिकारीले बताएका छन् । यी क्षेत्रमा अति गरिब समुदायको बस्ती छ । अज्ञात रोगको प्रकोप फैलिरहदा पनि रोकथामका लागि कुनै प्रयास नभएको पीडितको गुनासो छ । – एजेन्सीको सहयोगमा

rog myanmar

विशेष