News

सात दिनभित्र सबै मृतकका परिवारलाई १० लाख

सात दिनभित्र सबै मृतकका परिवारलाई १० लाख

साउन – २२ । तराई मधेश आन्दोलन क्रममा ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ती उपलब्ध गराउने सरकारको निर्णयले मधेसवादी दल उत्साही छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र मधेस आन्दोलनमा मृत्यु भएकाका सबै परिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नै मृतकका अधिकांश परिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइसकेको छ ।

अझै पनि केही परिवारले रकम नपाएकामा मधेस दल रुष्ट थिए । बैठकले क्षतिपूर्तिका साथै घाइतेको उपचार र पक्राउ परेकालाई पनि साताभित्रै रिहा गर्ने निर्णय लिएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । उनकाअनुसार उक्त शीर्षकका रकम गृह मन्त्रालयबाट निकासा हुने छ । आजको नागरिक दैनिकमा समाचार छ ।

Krishna Bahadur Mahar Madeshi dal

विशेष