News

क्षेत्राधिकार ननाघ्न अख्तिायरलाई सर्वोच्चको अर्काे आदेश

क्षेत्राधिकार ननाघ्न अख्तिायरलाई सर्वोच्चको अर्काे आदेश
Sarboccha-Adalatसाउन – २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई क्षेत्रअधिकार नाघेर आदेश नदिन सर्वाेच्च अदालतले अर्काे आदेश दिएको छ । त्रिभुवान विश्वविद्यालयअन्तरगत चिकित्साशास्त्र अध्ययन संस्थानका सात चिकित्सकले दायर गरेको मुद्दामा सुनुवाई गर्दै न्यायधीश अनन्दमोहन भट्टराको एकल इजलासले शुक्रबार संविधान र क्षेत्राधिकार नाघेर हस्तक्षेप नगर्न अन्तरिम आदेश दिएको हो । त्रिविका सात चिकित्सकले संविधानले नदिएको अधिकार प्रयोग गरेर आयोगको दबाबमा आफूहरुमाथि कारबाही थालेको जिकिर गर्दै बिहिबार सर्वोच्चले रिट दर्ता गराएका थिए । उक्त रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले कारबाही गर्ने निर्णय हाल यथास्थानमा राख्न भनेको छ । नागरिक दैनिकमा समाचार छ ।

Akhtiyar Doctor Sarbacho Adhalat

विशेष