विदेश

जन्मदिनकाे उत्सव पार्टीमा अागलागी हुँदा १३ काे मृत्यु, ६ घाइते

जन्मदिनकाे उत्सव पार्टीमा अागलागी हुँदा १३ काे मृत्यु, ६ घाइते
France साउन - २२ । फ्रान्सको उत्तरी सहर रोयुनको एक बारमा अागलागी भएकाे छ । अागलागीमा परेर १३ जनाकाे ज्यान गएकाे छ । साथै ६ जना घाइते भएका छन् । अागलागी हुनु पूर्व उक्त बारमा जन्मदिनकाे पार्टी चलिरहेकाे अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सञ्चार माध्यमसँग कुरा गर्दै फ्रान्सका आन्तरिक मामिला मन्त्री बर्नाड चेन्युभिले  रोयुन सहरको क्युबा लिभ्रीको भुई तल्लाबाट आगलागी सुरु भएको र आगलागीमा परी १३ जनाको मृत्यु भएको बताए। उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट केकका लागि बालिएको मैनबत्ती खसेपछि आगलागी सुरुभएको देखिएको छ, तर यस बारे थप अनुसन्धान भइरहेको छ।  

Fire France

विशेष