प्रहरीले मृत्यु भएको भनेका राई उपचारपछि घर फर्के
साउन - २२ । प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्केका छन्।
विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उनी घर फर्केका हुन् ।
गत साउन १३ गते बिहीबार बिहान आफ्नै बारीमा रुखको पात काट्ने क्रममा लडेका राई गम्भीर घाइते भएका थिए। रुखबाट लडेका राईको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जारी गरेको थियो ।
प्रहरीको सूचनालाई आधार मानेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । समाचार आएकै दिनदेखि राई परिवारले आपत्ति जनाउँदै आएका थिए । रासस
Nepal Police