News

हिसानले कलेज सञ्चालक र शिक्षकलाई तालिम दिने

हिसानले कलेज सञ्चालक र शिक्षकलाई तालिम दिने
hissan साउन - २२ । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले विद्यार्थीको सिकाइ पद्धतिमा वृद्धि गर्नका लागि सञ्चालक तथा शिक्षकलाई मनोवैज्ञानिक तालिम सञ्चालन गरिएको छ । हिसानले काठमाडौँ उपत्यकाका दुई सय कलेज सञ्चालक र शिक्षकलाई विद्यार्थीलाई सिकाइ उपलब्धि बढाउनका लागि तालिम सञ्चालन गरिएको हिसानका सचिव रामहरि सिलवालले जानकारी गराए । उनका अनुसार सञ्चालकलाई विद्यार्थीसँग अपनाउनुपर्ने संस्कार र शिक्षकलाई विद्यार्थीलाई कक्षा कोठामा कसरी मनोवैज्ञानिक असरबाट पढाउन भन्नेबारेमा तालिम दिइने छ । तीनदिने कार्यक्रममा डेनमार्क, अमेरिका र भारतका चार मनोवेत्ताले तालिम दिने छन् । रासस

collage HISSAN

विशेष