News

'देशको आन्तरिक एकतालाई मजबुत बनाएर अघि बढ' - उपराष्ट्रपति नन्दबहादुर पुन

'देशको आन्तरिक एकतालाई मजबुत बनाएर अघि बढ' - उपराष्ट्रपति नन्दबहादुर पुन
Nanda साउन - २२ । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको आन्तरिक एकतालाई मजबुत बनाएर अघि बढ्नुपर्ने बताएका छन् । किराँत राई यायोक्खा केन्द्रीय समितिद्वारा शनिबार  आयोजित २९ औँं स्थापना दिवसमा उनले लामो समयको सङ्घर्षबाट प्राप्त संविधानको रक्षा गर्नु जरुरी रहेको बताए । “एकले अर्काको पहिचानलाई स्वीकार गरेर राष्ट्रिय एकता कायम गर्नु आजको आवश्यकता हो”, उनले भने। सो अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले देशभरि रहेका आदिवासी जनजातिका लागि शिक्षा, रोजगारी लगायत क्षमता अभिवृद्धि गराउन सम्बधित निकायबाट पहल गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार विद्यावारिधि गरेका डा जनक राई तथा कैलाश राई, दोभान राई र नेत्रमणि दुमी राईलगायतलाई सम्मान गरिएको थियो । यसैगरी राई भाषा उत्थानका लागि पत्रकारिता मार्फत योगदान पुर्याएबापत ‘नेपाल टेलिभिजन’का पत्रकार गजुरधन राई र ‘गोरखापत्र’का तिलक राईलाई क्रमशःरु २५ हजार र आठ हजार सहित सम्मान गरिएको थियो । रासस

nandabahadur pun

विशेष